Pages

Thursday, April 6, 2017

राष्ट्रिय राजनीति र कोन्ज्योसोम


            एउटा युग थियो जहाँ गणतन्त्र भन्ने बितिक्कै विद्रोही र देशद्रोहीको संज्ञा दिइन्थ्यो ।तर समय परिवर्तन भयो गणतन्त्र खोज्नेहरुको टाउकोको मोल तोक्नेहरुदेखि बैलगाडाबाट अमेरिका पुगिन्न भन्नेहरुसम्म चाहेर होस् या नचाहेर होस् यहि गणतन्त्रमा आए ।१० वर्षे जनयुद्धको जगमा सम्पन्न जनान्दोलनसंगै  देशले ठुलो राजनीतिक फड्को मार्यो । मधेस आन्दोलनले कांग्रेस र एमालेलाई  घोक्र्याएर संघियतामा लेरायो ।समानुपातिकता/समावेशिता सुन्नै नचाहनेहरु परिवर्तनकारीहरुको चर्को दबाबमा परे र केहि हदसम्म स्युकार्ण वाध्य भए ।हिमाल पहाड मिलाएर संघियतामा जाने ,५ विकास क्षेत्र नै ५ प्रदेश बनाउने जस्ता अनेकौं पहिचान विरोधी हर्कतहरु र  १० प्रदेशको वकालतको विचबाट  अहिले ७ प्रदेशमा जातीय क्लस्चारहरु नटुटाउने गरी  संघीय संरचना बनेको छ ।यो न्यूनतम् उपलव्धि हो यसबाट पहिचानवादीहरु पूर्णरुपमा खुशी छैनन् ।तर आगामी दिनहरुमा हुने विद्रोह ,संघर्ष र दुई-तिहाई ब्यालेट शक्तिले यो रुपान्तरण गर्न सम्भव छ ।हिन्दु राष्ट्र ,धार्मिक स्वतन्त्रता जस्ता अनेकौं लफडाहरुको विचमा माओवादीको अड्डीले देश धर्म निरपेक्ष राष्ट्र घोषणा भएरै छाड्यो  ।आज देशमा  संसदभवनमा उपस्थितिको  हिसाबले माओवादी तेस्रो ठुलो दल हो ।तर राजनीतिक हिसाबले देश माओवादीको रोडम्यापमा हिंडिरहेको छ । आज हामी त्यहि रोडम्याप पछ्याउंदै स्थानीय चुनावको यात्रातर्फ उन्मुख भइरहेका छौं ।

           अब कुरा आयो स्थानीय तहको चुनावको ।स्थानीय तहको चुनाव स्थानीय विकाससँग मात्रै जोडिएको हुँदैन ।स्थानीय चुनाव राजनीतिक खेतिसँग पनि जोडिएको हुन्छ किन कि हामी गैरदलीय चुनाव गर्न गईरहेका छैनौं ताकी विकासको कुरा मात्रै गरौँ ।कोन्ज्योसोमलाई भोलि नेवा: ताम्सालिङसँग जोड्न सक्ने नेता चाहेको छ। कोन्ज्योसोममा फेरी खिएको डम्फु बजाउने नेतृत्व चाहेको छ ।केन्द्रिकृत एकात्मक राज्य सत्ताले २५० वर्षसम्म दबाएर राखेको तामाङ पहिचान कोन्ज्योसोमले फर्काउन चाहन्छ ।हिन्दुकरण हुँदै गएको तामाङ बस्तिहरुले आफ्नो मौलिकता र पहिचान खोजेको छ । अब कोन्ज्योसोमलाई नेवा:ताम्सालिङभित्र राख्ने कि बागमती,शिवमति या विष्णुमति प्रदेशसँग राख्ने ? तामाङ बाहुल्य क्षेत्रमा तामाङले नै नेतृत्व गर्ने कि या अरु जाति ल्याएर तामाङमाथि शासन गर्ने ? यी प्रश्नहरु अबको कोन्ज्योसोमको नेतृत्वसँग जोडिएको छ । र अबको यहाँको नेतृत्व राष्ट्रिय राजनीतिक दल र तिनका प्रवृतिसँग जोडिएको छ ।