Pages

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Saturday, July 9, 2016

खुल्ला दिशामुक्त क्षेत्र घोषणा तर्फ नल्लु गाविस

         यही असार १४ र १५ गते जिल्ला विकास समिति ललितपुरको आयोजनामा गाविस भवन नल्लुमा VWAS CC गठन भएको छ । नल्लुलाई खुल्ला दिशा मुक्त घोषणा गर्नको लागि गठन गरिएको उक्त समितिमा ३३ जना गाविस प्रतिनिधिहरु रहेकाछन् ।बैठकको निर्णय अनुसार यहि भदौ ३१ गते नल्लुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिनेछ ।भदौ १५ गतेसम्ममा प्रत्येक घरमा प्यान पाइपसहितको पक्की शौचालय निर्माण गरिसक्नु पर्ने छ ।शौचालय निर्माण पश्चात् प्रत्येक घरलाई हरियो कार्ड वितरण गरिनेछ ।खानेपानी तथा सरसफाई डिभिजनको सहयोगमा प्यान र पाइप निशुल्क प्रदान गर्ने योजना छ भने बाँकि खर्च व्यक्ति आफैंले गर्नुपर्ने छ ।भदौ १६ गतेदेखि ३० सम्म अनुगमन गरिनेछ भने ३१ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिनेछ ।गाविसको यस अभियानलाई अवज्ञा गर्नेहरुलाई गाविसबाट प्रदान गरिने सम्पुर्ण सेवासुविधाहरुबाट वञ्चित गराइने छ ।अवज्ञा गर्नेहरुले गाविस सिफारिस ,व्यक्तिगत घटना दर्ता ,भुकम्प राहत जस्ता कुनै पनि सुविधा दिइनेछैन ।